यस्ता छन् डेंगु राेगका लक्षण र बच्ने उपाय

काठमाडौं । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । रगत परीक्षण गर्दा स्थिर नभएसम्म चिकित्सकसँग परामर्श गरिरहनुपर्छ । अहिले काठमाडौंमा देखिएको डेंगु २ हो कि भन्ने अनुमान छ । डेंगु १, २, ३ र ४ हुन्छ ।

डेंगु ज्वरो आउँदा तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर, ज्वरो घटाउने भनेर एस्पिरिन तथा आइबुप्रोफेन भने खानुहुँदैन । डेंग ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लाग्दा असाध्यै टाउको दुख्ने गर्छ । साथमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने हुन्छ । यसैंगरी, ढाड, जोर्नी तथा मांसापेसीहरू दुख्ने गर्छ । शरीरमा बिमिरा आएमा, वाकवाकी लागेमा पनि डेंगु भएको हुन सक्छ । यसैंगरी पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने र रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने हुन्छ ।

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न दिनुहुँदैन । यसैंगरी, पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । यस लामखुट्टेले खासगरी बिहान घाम लागेपछि र दिउँसो टोक्ने हुँदा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ ।  लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस