सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७२ हजार ५ सय रुपैयाँ

काठमाण्डौ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो ।

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस