‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड

काठमाडाैँ । ‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ ।

यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलीजमा आउन लागेको छ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलीज गरिनेछ ।

भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलीज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलीज भएको थियो ।

यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस