युभेन्ट्सको सुखद सुरुवात

एजेन्सी । इटालियन सिरी ‘ए’ मा साविकको विजेता युभेन्ट्सले सुखद सुरुवात गरेको छ । शनिबार भएको सिजनको पहिलो खेलमा पर्मालाई १–० गोलले पराजित गर्दै नयाँ सिजनमा राम्रो सुरुवात गरेको हो । पर्माको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन जर्जियो चिलीनीले निर्णायक गोल गरे खेलको २१ औँ मिनेटमा । जर्जियोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्ट्स यो सिजन पनि लिगको उपाधि दावेदार टोली हो । शनिबारको खेलमा रोनाल्डोले गोल गरे पनि उक्त गोललाई रेफ्रीले अफसाइड दिएका थिए । जितसँगै युभेन्ट्सले पहिलो खेलबाट तीन अंक सुरक्षित गरेको छ । पर्माले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस