सिरी एमा युभेन्टस विजयी

काठमाडाैँ । इटलीको शीर्ष डिभिजन फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा साविक विजेता युभेन्टसले विजयी सुरुआत गर्न सफल भयो ।

पार्मालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरी युभेन्टसले लगातार नोवौंपल्ट सिरी ए को उपाधि अभियान सुरु गरेको हो ।

युभेन्टसको जितमा पहिलो हाफको २१ औं मिनेटमा जर्जियो चेलिनीले अग्रता दिलाएका थिए । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका हुन् । बाँकी समयमा गोल हुन नसक्दा उनकै गोल निर्णायक रह्यो ।

क्रिष्टियानो रोनाल्डो प्रेरित टिम युभेन्टसले गएको सिजन लगातार आठौं पल्ट सिरी ए को उपाधि उचालेको थियो । पार्माले भने गएको सिजन १४ औं स्थानमा रहेर लिग सकाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस