इङ्गलिस प्रिमियर लिग : एस्टन भिल्ला विजयी, एभर्टन २–० गोलअन्तरले स्तब्ध

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा भिल्ला क्लबले एभर्टनलाई २–० ले स्तब्ध बनायो । ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए ।

खेलको ईन्जुरी समयमा अनवर एल गाजीले गोल गर्दै क्लबको जीत सुनिश्चित गरे । तेस्रो खेलमा आएर भिल्ला क्लबले ३ अंक जोड्न सफल रह्यो ।

उसले तालिकामा ११ औ स्थान प्राप्त गर्यो । एभर्टनले लिगमा पहिलो हार ब्यहोर्यो । उसले सुरुवाती दुई खेलमा एकमा जित र अर्कोमा बराबरीको नतिजा निकालेको थियो ।

एभर्टन ४ अंक सहित तालिकाको नवौं स्थानमा छ । यसैबीच बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ ।

डर्टमन्डले गए राति नै भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस