चलचित्र ‘जाइरा’प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘जाइरा’प्रदर्शनमा आएको छ । शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । यस मितिमा अन्य कुनै चलचित्र रिलिज भएका छैनन् ।

जाइरामा नायिका नम्रता श्रेष्ठ भिन्न अवतारमा प्रस्तु्त भएकी छिन् । आशुतोष श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

नम्रता श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रसन्न गोपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् । आशुतोष र निरज महर्जनले लेखेको यस चलचित्रलाई बाबु श्रेष्ठलले खिचेका हुन् । चलचित्रलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस