बालिकालाई करणी गर्नेलाई १६ वर्ष जेल सजाय

ईघाट । जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।
पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

आफ्नो छिमेकीकी छ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस