शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो

काठमाण्डौ । शुक्रबार अमेरिकी डलरको भाउ बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा थियो ।

यस्तै साउदी रियालको मूल्य पनि बढेको छ । आज यसको १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा पुगेको छ । हिजो यसकको १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो ।

शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ६४ पैसा पुगेको छ । हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो ।

यस्तै मलेसियन रिंगिटको भाउ पनि बिहीबारको भन्दा बढेको छ । आज यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा थियो ।

शुक्रबार कोरियन वनको भाउ भने घटेको छ । आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७७ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३३ पैसा थियो ।

यस्तै बहराइन दिनारको मूल्य पनि बढेको छ । यसको १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस