एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिका–७ मा गएराति ट्रक र एम्बुलेन्स आपसमा ठोक्किँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

इलामको इलाम नगरपालिका–२ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमै मृत्यु भएको हो । एम्बुलेन्समा सवार ६ जना भने घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि घोपा स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१च २००३ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट जाँदै गरेको ना५ख १९२५ नम्बरको ट्रक गएराति १ बजे आपसमा ठोकिएका थिए । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस