सानिमाले ल्यायो वार्षिक धनफिर्ता बीमा योजना

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्युनतम बीमाड्ढ एक लाख रुपैयाँ र अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ ।

१५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६ प्रतिशतका दरले भूक्तानी गरिन कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्ष अवधिको लागि जीवनबीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ५ प्रतिशतका दरले प्रदान गरिनेछ ।

यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नविकरण बीमाशूल्क भूक्तानी गर्न समेत सहयोग मिल्ने छ । दुवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रीम भुक्तानी गरी बाँकी रहेको बीमाड्ढ र पूरा अवधिको आर्जित बोनस एकमुष्ट प्रदान गरिने छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस