वेल्स फुटबल टिमका कप्तान टिम बाहिर

एजेन्सी । वेल्सका राष्ट्रिय फुटबल टिमका कप्तान एस्ले विलियम्स टिम बाहिर परेका छन् । युरो कपको छनोट खेल्न लागेको वेल्सले कप्तान विलियम्सलाई टिम बाहिर राखेको हो । वेल्सले अर्को महिना कार्डिफमा युरो छनोट अन्तर्गत अजरवैजानविरुद्व खेल्दैछ ।

विलियम्सले वेल्सबाट ८६ क्याप खेलेका छन् । उनकै नेतृत्वमा वेल्सले सन् २०१६ मा युरो कपको सेमिफाईनल सम्म पुगेको थियो । एभर्टनबाट रिलिज भएपछि ३४ बर्षका खेलाडी क्लब विहिन थिए । उनले भर्खरै ब्रिस्टोल सिटीसंग आबद्व भएका छन् ।

स्वान्सी सिटीका डिफेन्डर जोए रोडन, विगनका फरवार्ड किफर मुर र लिकंनका मिडफिल्डर जो मारेल जस्ता नयाँ खेलाडी पहिलो पटक टिममा परेका छन् । विलियम्सको अनुपस्थितीमा २६ सदस्यीय टिममा रोडन अन्तराष्ट्रिय डब्यु गर्न फिट रहने स्वान्सी सिटीका म्यानेजर स्टिभ कुपरले बताएका छन् ।

वेल्सको टोलीमा न्युक्यासल युनाईटेडका डिफेन्डर पाउल ड्युमेटलाई समेत कुनै स्थान रहने छैन ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस