नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतो एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरे ।

अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताएका छन् ।

यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने धारणा राखे ।

त्यस्तै, चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वदेशमा र विदेशमा परीक्षण गर्दा उस्तै अनुुभव भएको र नेपाल मेडिसिटी अस्पतालको गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको पाएकाले स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए ।

अन्य मुलुकमा उपचारका लागी यात्रा गर्नुु स्वदेशको धनराशी बाहिर जाने भएकाले यसको नियन्त्रणमा गर्न मेडिसिटीसंगको सम्झौताले सहयोग गर्ने अपेक्षा उनले राखे ।

सम्झौतापश्चात नेपाल मेडिसिटी अस्पतालको सेवामा चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस