गायिका सुनिता अधिकारीको तीज गीत ‘चुरा’ सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले तीज गीत ‘चुरा’ सार्वजनिक गरेकी छिन् । गीतमा गायिका अधिकारीकै नृत्य छ। गीत पत्रकार तथा चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले लेखेका हुन्। शिव हमालको लय रहेको ‘चुरा’ को कृष्ण विक ‘भान्जा’ ले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन्।

अधिकारीका ‘पानको मिसी’, ‘क्यारम माया’, ‘लुरुरु हुरुरु’ जस्ता गीतहरु चर्चित छन्। साइन मिडिया प्रालिको प्रस्तुति रहेको गीतको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्ट, सम्पादन, विष्णु शर्मा तथा छायाँकन राजेश घिमिरेले गरेका छन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस