फ्रेन्च लिग वान : पीएसजी रेनससँग पराजित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पराजित भएको छ । आईतबार राति भएको खेलमा टोली रेनससँग पीएसजीले २–१ गोल हार बेहाेरेको हो ।

रेनसलाई जित दिलाउन मबय नियांग र डेल क्यासटिलाले एक–एक गोल गरे । यता पीएसजीका लागि ईडिन्सन काभानीले एक गोल गरे । खेलको ३६ औँ मिनेटमा काभानीले गोल गर्दै पीएजीलाई सुरुवती अग्रता दिलाए ।

यो खेलमा पनि पीएसजी क्लबका स्टार खेलाडी नेयमारबिना नै मैदान उत्रिएको हो । खेलको ४४ औँ मिनेटमा मबय नियांगले गोल गर्दै रेनसलाई बराबरीमा ल्यए । ४८ औँ मिनेटमा डेल क्यासटिलोले गोल गर्दै जित दिलाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस