शेफिल्ड युनाईटेडको पहिलो जित, चेल्सी र लेस्टर सिटीको खेल बराबरी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा शेफील्ड युनाईटेडले पहिलो जित हात पारेको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको शेफिल्डले गएराती क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लेस्टर सिटीसँग एक एक गोलको बराबरी खेलेको छ । सिजनको पहिलो खेलमा गतसाता म्यान्चेस्टर युनाईटेडसँग ४–० ले हारेको चेल्सी गएराती लेष्टरसँग बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीका युवा खेलाडी मेसन माउन्टले पहिलो गोल गरे । तर दोस्रो हाफमा लेष्टरका विल्फ्रेड एन्डीडीले गोल फर्काउदै खेल बराबरी गरेका हुन् । आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा पहिलो खेल खेलेको चेल्सीले जित हात पार्न सकेन ।

इङ्गलिस प्रिमियर लिग फुटबलमा आज म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस