ह्याम्स अस्पतालमा तीजको अवसरमा महिला दिदीबहिनीलाई विशेष छुट

काठमाडौं । काठमाडौंको  धुम्बाराहीमा  रहेको ह्याम्स अस्पतालले  तीजको अवसरमा महिला दिदीबहिनीलाई ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ अन्तरगत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

तीजको अवसरमा महिलाहरुले स्वास्थ्यमा पनि ध्यान जाओस् भन्ने उदेश्यका साथ होलवडी चेकअपमा  ५० प्रतिशत छुट ल्याएको अस्पतालले जनाएको छ ।छुट अवसर भदौँ १ देखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।

स्पेशल छुटमा सुगर, सिबिसि,यूरेन,ई.सि.जि,  स्त्री रोग, छातीको एक्सरे  लगायतका स्वास्थ्य परीक्षण गर्न पाइनेछ ।

अन्य समयमा १० हजार ५ सय रुपैयाँमा लाग्ने होलवडी चेकअपमा ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा भने ५ हजार २ सय ५० रुपैयाँमा सेवा लिन सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस