वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस