धर्म प्रचार गर्न खोज्ने चार जना पक्राउ

सल्यान । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । पक्राउ परेका चारैलाई जबरर्जस्ती धर्म परिवर्तन सम्बन्धी मुद्दा चलाइने र यसका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलित कानूनअनुसार जबरर्जस्ती धर्म परिवर्तन गराएमा कम्तीमा पाँच वर्षसम्म जेल र रु ५० हजारसम्म  जरिवाना हुने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस