दुई वर्षदेखि खप्तड समितिविहीन

खप्तड । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन । समिति नबन्दा यहाँ कार्यरत कर्मचारीले १३ महीनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए ।

समितिको कार्यालयमा पाँच कर्मचारी करारमा काम गर्दै आएका छन् । ‘तलब नपाउदा काम चलाउन समस्या भएको छ’, उनले भने । करारमा शाखा अधिकृत कुँवरसहित  सवइञ्जिनीयर दीपेश महतरा, कार्यालय सहयोगीहरु धनवहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन् ।

गत असोजमा समितिको समयावधि सकिएको हो । पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ । प्रदेश सरकारको गत चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश, २०७५’ स्वीकृत भए पनि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन ।

समिति गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था छ । प्रदेश सरकारले चासो नदिँदा समितिको काम अलपत्र छ ।

समिति नबन्दा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए । उनले भने, ‘वर्षौँसम्म निस्कृय हुनु राम्रो होइन, चाँडो समिति र निर्देशक चयन गरिनु पर्छ ।’

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘समिति गठन गर्ने तयारीमा छौँ, चाँडै खप्तडले पूर्ण समिति पाउँछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस