सांकेतिक तस्बिर

बालविवाह विरुद्ध अभियान सञ्चालन

बाँके । बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ ।

अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ ।

राप्ति सोनारी र डुडुवा गाउँपालिकाका १८ स्थानमा कचहरी नाटक प्रदर्शन भइसकेको छ । “सात वडाका ३० ठाउँमा नाटक प्रदर्शन गर्ने योजना छ”, कार्यक्रम संयोजक रामकुमारी चौधरीले भनिन् ।

नाटकले स्थानीय तहमा प्रभावकारी भूमिका खेलेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए । महिला र बालबालिका हिंसा न्यूनीकरण गर्न मद्दत पुगेको उनको भनाइ छ । जिल्लामा तीन वर्षदेखि कचहरी नाटक प्रदर्शन गरिँदै आएको छ । “नाटक प्रदर्शनपछि बालविवाहमा कमी आएको छ”, अभियानकर्मी गिरीले भने ।

बाँकेका किशोरी क्लबले बालविवाह विरुद्ध संवेदनशिल हुन स्थानीय तहसँग अनुरोध गरेका छन् । बालविवाह गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।

किशोरी क्लबले सबै स्थानीय तहमा ज्ञापनपत्रसमेत बुझाएको खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबका अध्यक्ष दीक्षा न्यौपानेले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहे घरमा विजुली सर्ट भएर आगलागी : दुई जना घाइते, ६ लाखको क्षति

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका …

प्रतिकृया दिनुहॊस