स्पेनिस ला लिगा : बार्सिलोनाकाे खराब सुरुवात

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९-२० काे सिजनमा खराब सुरुवात गरेको छ ।

शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो ।

यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए । ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले बिल्बाओका लागि गोल गरेका थिए । ८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

यॊ पनि हेर्नुहॊस

एभरेस्ट प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक, फाइनल चैत १५ गते

काठमाण्डाै । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदाे …

प्रतिकृया दिनुहॊस

This will close automatically after: