नेशनल लाईफ इन्स्योरेन्सकाे वित्तीय विवरण सार्वजनिक

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो वित्तीय विवरण अनुसार ४८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आवमा कम्पनीको खुद नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ भएको थियो । यस्तै, अघिल्लो आवमा कम्पनीको खुद नाफा २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ भएको भएको थियो । कम्पनीले आव २०७४/७५ मा भन्दा आव २०७५/७६ मा ३ करोड ८० लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ, कम्पनीको जगेडा कोषमा ९१ करोड ८६ लाख रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा भने कम्पनीको २७ अर्ब १९ करोड ८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । महाविपत्ति जगेडा कोषमा भने २१ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.१८ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ १३०.५५ हुँदा पीई अनुपात भने ५२.३१ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस