एभरेष्ट इन्स्योरेन्सकाे खुद नाफा ६ करोड ८ लाख

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अनुसार कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा भन्दा आर्थिक बर्ष २०७५/७६ मा ५९ लाख रुपैयाँले नाफा बढाएको छ ।

कम्पनीको आव २०७५/७६ मा खुद नाफा ६ करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तै अघिल्लो आव २०७४/७५ मा भने कम्पनीको खुद नाफा ५ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आम्दानी गत आवमा ११ करोड २० लाख ९८ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवमा कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यसरी कम्पनीले अघिल्लो आव भन्दा गतआवमा २ करोड २१ लाख रुपैयाँ आम्दानी वृद्धी गरेको छ ।

एभरेष्ट इन्स्योेरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा कम्पनीको २२ करोड ७२ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

एभरेष्ट इन्स्योेरेन्स कम्पनीको प्रति सेयर आम्दानी ५.८३ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ १३५.३ रहँदा(मूल्य आम्दानीको अनुपात) पीई रेसियो भने ६२.६१ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस