ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

काठमाडाैँ । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टू नेपालसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा र रेमिटका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात रेमिट टू नेपालको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ । ज्योति विकास बैंकको मुलुकभर रहेका ९७ वटा शाखाबाट रेमिट टू नेपालको देश विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ ।

हाल ज्योति विकास बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २५. ५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस