हेटौडामा डेंगुको संक्रमण फैंलदै

मकवानपुर । मकवानपुरको हेटौडामा डेंगुको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिलेसम्म एक सय ६७ जना डेङ्गुका बिरामी भेटिएका छन् । हेटौडा डेंगु संक्रमणको उच्च जोखिममा रहेकाले सतर्क हुन स्वास्थ्य कार्यालय प्रमुख शशिकान्त सिंहले आग्रह गरे । डेंगुको संक्रमण हेटौंडाको वडा नम्बर ४ मा धेरै भएको छ ।

वडा नम्बर चारमा मात्रै ७० जना भन्दा धेरैमा संक्रमण भेटिएको हो । हेटौडा अस्पतालमा आउने बिरामीहरुको लागि निःशुल्क डेङ्गुको परीक्षण हुने व्यवस्था गरिएको छ । केन्द्रबाट तीनसय परीक्षण किट मगाए पनि ९० वटा मात्र प्राप्त हुँदा डेंगु परीक्षण किटको पनि अभाव व्यहोर्नु परेको अस्पतालले जनाएको छ ।

संक्रमणलाई फैलिन नदिन किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाले पानी जम्न नदिने उपाय बारे जनचेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । कार्यालयले ४ दिन लगाएर १ सय १ घरमा पुगेर गरेको अध्ययनले ८५ वटा घरमा डेंगु संक्रमण गराउने लामखुट्टे भेटिएको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस