‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदै

काठमाडौं, साउन ३१ । स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।

यो खेलमा बार्साका स्टार खेलाडी लियोनल मेस्सी हुने छैनन् । पिडुँलाको चोट बोकेका मेस्सीले अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् ।

मेस्सी पूर्णरुपले फिट नभएकोले आफुले कुनै जोखिम उठाउन नचाहेको बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् ।

स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगोसँग खेल्दा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस