मेस्सीले लिगको स्पेनिस लिगको पहिलो खेल गुमाउने

एजेन्सी । साविक विजेता बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस लिगको पहिलो खेल गुमाउने भएका छन् । शुक्रबार क्याटलान क्लबले ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिल्वाओसंग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेस्सीलाई लिएर आफुले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन । अर्जेन्टिनी स्टारले टिम भन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका छन् । उनी पिँडुलाको चोटबाट निको हुने प्रयास गरिरहेका हुन् ।

मेस्सी कोपा अमेरिकामा व्यस्त भएका कारण उनी अगष्टमा नियमित अभ्यासमा आउन सकेनन् । तर प्रि–सिजन टूर अघि उनले अभ्यासको क्रममा चोट बोकेका थिए । बार्सिलोनाका कप्तान मेस्सीले अमेरिका टूर गुमाएका थिए । उनले नापोलीविरुद्वको दुई मैत्रीपूर्ण खेल गुमाएका थिए । क्लबले शुक्रबार हुने पहिलो लिग खेलमा मेस्सी नहुने प्रष्ट पारेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस