सेञ्चुरी बैंकको नाफा ८६ करोड

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । बैंकले गएको आर्थिक वर्ष २०५५/७६ मा ८६ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बैंकले ९१ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा ५३ करोड रुपैंयाँ कायम भएको छ ।

८ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमो १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकले ५७ अर्ब निक्षेप संकलन गरेर ५६ अर्ब कर्जा लगानी गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकको सीडी रेसियो ७८.०९ प्रतिशत कायम भएको छ । आधार ब्याजदर ११.२९ प्रतिशत छ । कस्ट अफ फण्ड ८.१९ प्रतिशत छ । बैंकको स्प्रेड दर भने जम्मा ४.२० प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी १०.२३ रुपैंयाँ कायम हुँदा प्रति सेयर नेटवर्थ १२० रुपैंयाँ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज बैंकले प्रकाशित गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको छ। …

प्रतिकृया दिनुहॊस