नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ६१ करोड

काठमाडौं । नेपाल बंगलादेश बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गएको आवमा ४१.२२ प्रतिशतले नाफा वृद्धि गरेकोे छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले १ अर्ब १४ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ ।

८ अर्ब ८ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा भने ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । बैंकले ५९ अर्ब निक्षेप संकलन गरेर ५२ अर्ब कर्जा लगानी प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.५६ प्रतिशत रहेको छ ।

बैंकको सीडी रेसियो ७२.८८ प्रतिशत कायम गरेको छ । बैंकको आधार ब्याजदर १०.२० प्रतिशत छ । कस्ट अफ फण्ड ७.६० प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.६४ प्रतिशत कायम छ । प्रति सेयर आम्दानी २०.०२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५३.९१ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस