२५ प्रतिशतले बढ्यो एनएमबीको नाफा

काठमाडौं । एनएमबी बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गएको आवमा कमाएको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८६ ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ ।

बैंकको खुद ब्याज आम्दनी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने रिर्जभ फन्ड ३ अर्ब ५३ पुगेको छ ।

एनएमबीको बेसरेट ९.८६ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ ।बैंकले चालु आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम ०.८२ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७६.८८ प्रतिशत रहेको छ । एनएमबीको प्रतिसेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ छ । बैंकको सेयर मूल्य ३८२ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस