नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा करोडौंले घट्यो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा २४ करोडले   घटेको छ । बैंकको नाफा गत आव २०७५/७६ मा भन्दा २४ करोडले घटेको हो ।

गत आवमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँमात्रै नाफा कमाएको छ । अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब ६५ करोड रुपैंयाँ थियो । बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ३९ करोड मात्रै रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी  ६ अर्ब १५ करोड र संचालन मुनाफा ४ अर्ब २२ करोड छ । १२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकसँग जगेडा कोषमा भने १० अर्ब ९५ करोड  रहेको छ ।

बैंकले १ खर्ब ४९ करोड निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब रुपैंयाँ कर्जा तथा लगानी गरेको छ ।  खराब कर्जा  २.७८ प्रतिशत  छ । त्यस्तै, सिडी रेसियो ७१.९७ प्रतिशत , बेसरेट ८.३३ प्रतिशत र कष्ट अफ फण्ड ६.३१ प्रतिशत छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस