जङ्गली च्याउ खाएर जाजरकोटमा एकजनाको मृत्यु

जाजरकोट । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । उहाँसँगै च्याउ खाएर बिरामी भएकी उहाँकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै गर्दा मृत्यु भएको थियो ।

जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिँदै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस