भाग्यमानी हुन्छन् यस्ता विशेषता भएका मान्छे

दाँतमाथि दाँत खप्टिनु

शास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानी हुन्छन् । यसका साथै यस्ता व्यक्ति असल र मित्रहरुलाई सधैँ साथ दिने खालका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

छवटा औँला

सामान्यतः हरेक मान्छेको हात र खुट्टामा पाँच–पाँच वटा औँला हुन्छन् । तर संसारमा यस्ता मान्छे पनि हुन्छन् जसको कुनै हात वा खुट्टामा ६ वटा औँला हुन्छ । ६ वटा औँला भएका मानिस अत्यन्तै भाग्यमानी हुन्छन् भन्ने कुरा समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । यस्ता व्यक्ति अत्यन्तै इमान्दार र हरेक कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्छन् ।

दाँतको बीच खाली ठाउँ

दाँतको बीचमा खाली ठाउँ भएका व्यक्तिहरु आर्थिक क्षेत्रका विषयमा निर्णय लिन निक्कै सक्षम हुन्छन् । समुद्रशास्त्रअनुसार यस्ता व्यक्तिहरु गफाडी पनि हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् ।

पुरुषको छातीमा रौँ

छातीमा रौँ भएका पुरुषहरु शान्त ,सरल र  धनाढ्य पनि हुन्छन् । जसले गर्दा यिनीहरुको जीवनमा कहिल्यै धनको कमी हुँदैन ।

खबरहबबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस