अरुणखोलामा डाइभर्सन निर्माण भएपछि पूर्वपश्चिम राजमार्ग सुचारु

पूर्वपश्चिम राजमार्ग नवलपरासीको अरुणखोला पुल भाँचिएकाे थियाे । पुल भाँचिएर रोकिएका सवारी साधनलाई डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएकाे छ ।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण छ । केहि समयका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी यदि पानी पर्याे भने समट्ठया अाउनसक्ने देखिन्छ ।

आज बिहान ना ६ ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेकाे थियाे । करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस