अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा, फलाेअप

काठमाडौं ।  काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार बिहान दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसबाट आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यस प्रकरणले ठूलै हल्लीखल्ली भयाे ।

समाचारकाे प्रभावका कारण दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस