अमेरिकाले दिएन सन्दीप लामिछानेको भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन मानेन । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जाने तयारी गरेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

खेलाडी सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिन गएका थिए । तर, अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरिदिएकाे छ । भिसा नपाएपछि सामाजिक संजाल ट्वीटरमा अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै नेपाल सरकारसँग गुनासाे पाेखेका छन् ।

यससँगै उनले आफु सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको साे ट्वीटमा जानकारी गराउँदै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको भनेका छन् । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस