कलङ्की नागढुङ्गा सडक निर्माण : पुनः म्याद थप्न ठेकेदारको प्रस्ताव 

काठमाडौँ । कलङ्की नागढुङ्गा सडक निर्माणमा ठेकेदारले पुनः म्याद थप्न प्रस्ताव गरेको छ । तीन पटकसम्म म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेको कलङ्की नागढुङ्गा सडक निर्माणमा ठेकेदारले पुनः म्याद थप्न प्रस्ताव गरेको छ ।

गत वैशाख मसान्तभित्रै सबै क्षेत्रमा कालोपत्रे गरिसक्ने भनिएको कलङ्की नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुनप्रसाद अर्यालका अनुसार विभिन्न खण्डमा ठेक्का लगाइएको यो सडकको मुख्य ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले अन्तिम पटकका लागि भन्दै म्याद थपका लागि आवेदन दिएको हो ।

कुल १० किलोमिटरको सडक १८ मिटर चौडा कालोपत्रे गर्ने, बीचमा मेडियन पार्क बनाउने र छेउमा दुवैतर्पm दुई/दुई मिटर चौडा फुटपाथ बनाउने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म पनि ठेकेदार कम्पनीले सतुङ्गल, गुर्जुधारा र चेकपोस्ट प्रहरी चौकी आसपास कालोपत्रे गर्न बाँकी छ । त्यस्तै मेडियन र फुटपाथ निर्माणको पनि करिब आधा बाँकी नै छ ।

ठेकेदारले समयमै काम नगर्ने र स्थानीयको मुआब्जालगायतका विवादका कारण यो सडक निर्माण सकसपूर्ण बन्दै आएको छ । आयोजना कार्यालयले यसअघि नै असारभित्र सम्पन्न गर्न निर्देशन तथा निगरानी गरिरहे पनि सम्पन्न हुन नसकेको हो । आयोजना कार्यालयका अनुसार ठेकेदारले आगामी जेठ २२ गतेसम्मका लागि म्याद थपको आवेदन गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस