सुनको भाउ फेरी बढ्याे, तोलाको ७१ हजार

काठमाडौं । सुनको भाउ फेरी बढेको छ । यसै क्रममा मंगलबार भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ । यता, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । बिक्रेताको भने भीड लागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस