मेटलाइफको नयाँ एजेन्सी कार्यालय इटहरी र कटारीमा

काठमाडौँ । मेटलाइफले प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ ।

कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालय उद्घाटन गरेका हुन् ।

कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने उद्देश्यका साथ नयाँ एजेन्सी कार्यालय बिस्तार गरेको जनाएको छ । कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस