एनआईसी एशिया बैंक र कञ्चनपुर भन्सार कार्यालयबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछ् ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै यस एन आई सी एशिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस