कामना सेवा विकास बैंकद्धारा तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका छन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसी क्यामेरा जडानका लागि सिसी क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजारको चेक हस्तान्तरण गरे ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकलाई स्वास्थ्य बिमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई  ९ हजार ६ सय ७ र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार ८ सय १९ स्वास्थ्य बिमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस