एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।

उपाय सर्भिसेज लिमिटेड कानून, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा प्रवद्र्घित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो । कम्पनीले सेवाग्राहीहरुलाई विभिन्न सार्वजनिक सेवा तथा त्यससँग सम्बन्धित अन्य कार्यहरु सरल, गुणस्तरीय र पारदर्शी तरिकाले सम्पन्न गर्न मद्दत गर्दछ ।

कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस