दूधको मूल्य बढाउने सरकारको तयारी, छलफल सुरु  

काठमाडौँ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत खर्च नउठेको व्यवसायीको गुनासोपश्चात् मूल्य बढाउने तयारी गरेको हो । दूधको मूल्य बढाउने सन्दर्भमा गृहकार्य भइरहेको छ । तर, कति बढाउने भन्ने सन्दर्भमा टुंगोमा पुगेको पुगी नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जनाएकाे छ । स्रोतका अनुसार मूल्य बढाउने विषयमा मन्त्रालयमा दैनिक छलफल सुरु हुन्छ ।

यस्तै मुलुकभर दैनिक डेढ लाख लिटर दूध अपुग भएको छ । उत्पादित दूध ग्रामीणरस्थानीय तहमै खपत हुँदा सहरी क्षेत्रमा अभाव भएको हो ।

दुग्ध विकास संस्थान (डीडीसी) का योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले डीडीसीलाई दैनिक ५८ हजार लिटर अपुग रहेको बताए । समग्र उद्योगलाई करिब ६२ हजार लिटर अपुग रहेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी बताउँछन्

मुलुकभरि करिब ७ लाख ९० हजार लिटर चाहिन्छ । सुक्खा सिजनले बजारमा करिब १ लाख २० हजार लिटर अभाव भएको अध्यक्ष राजभण्डारीले बताए । उनले करिब १५ दिन अभाव नै रहने र त्यसपश्चात् पुनः स्वदेशी उत्पादनले धान्ने बताए । संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर आवश्यक पर्छ । जसमध्ये दुग्ध विकास संस्थानले करिब १ लाख लिटर बिक्री वितरण गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस