ग्लोबल आइएमई बैंकले कान्तिपथ शाखाबाट १२ घण्टा सेवा दिने

काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।

आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस