रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स  र खल्ती डिजिटल वालेबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने छन् । ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र बीमा शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस