सुदूरपश्चिममा आज गौरा एकादशी मनाइँदै

बैतडी । सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ। गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नुपर्ने मान्यता रहेको छ।

गौरापर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ। गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता भएकाले नयाँ व्रतालुहरुले समेत आज उपासना गर्ने प्रचलन छ। गौरा एकादशीदेखि गौरा पर्व सुरुवात भएको मानिने ज्योतिष कृष्णानन्द अवस्थीले जानकारी दिए।

भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भनिन्छ। गौरा पर्व अगामी भदौ ६ मा रहेको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यस पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस