सामसङको नोट टेन छिटै बजारमा आउँदै

काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल छिटै विश्व बजारमा आउने भएको छ।अगष्ट २३ देखि विश्वबजारमा उपलब्ध हुने नोट टेन सिरिजका मोडल आउने भएका हुन्।

सामसङले नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन ल्याएको हो।

कम्पनीकाअनुसार नोटटेनमा ६।४ इन्चको डिस्प्ले छ। यसको ब्याट्री क्षमता ३५०० एमएएचको छ। त्यस्तै २५६ जिबी मोमेरी हुने यो मोडलका फोनमा एसडी कार्ड हाल्ने ठाउँ छैन। यसको र्‍याम भने १० जिबी रहेको छ।

त्यस्तै टेन प्लसमा भने ६।८ इन्चको डिस्प्ले छ। ४३०० एमएएचको ब्याट्री क्षमता भएको यो फोनमा १२ जिबी र्‍याम छ। यसमा २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस