सिंगापुरमा रहेका प्रधानमन्त्री ओली सोमबार मात्र फर्कने

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो काठमाडौं फर्कने भएका छन् । यसअघि गत शुक्रवार नैं काठमाडौं आउने कार्यक्रम रहेपनि नियमित स्वास्थ्य परिक्षण नसकिएपछि उनको बसाई केही दिन लम्बिएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएको र उनी भोलि दिउँसो काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । उनी यही साउन १८ गते सिंगापुर गएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस