एक महिनापछि सिद्धिचरण लोकमार्ग खुल्यो

काठमाडौँ । सिद्धिचरण लोकमार्ग एक महिनापछि खुलेको छ । वर्षासँँगै आएको पहिरोका कारण असार २६ गतेबाट अवरुद्ध भएको सडक हिजोबाट सञ्चालनमा आएको छ । वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ र लप्सेको भीरसहित दर्जनभन्दा बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध थियो ।

कटारी–घुर्मी सडक खण्डको ठाटिभञ्ज्याङ्गमा भएको अवरोध हटेसँगै सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाईजर कुमार प्याकुरेलले बताउनुभयो । ठाटिभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकोले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सञ्चालनमा ल्याइएको प्याकुरेलको भनाइ छ ।

कटारी–घुर्मी सडक खण्ड अवरुद्ध खुलेसँगै प्रदेश नम्बर १ को माथिल्लो तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गमा खाद्यान्न, ईन्धनलगायत सामाग्रीहरु ढुवानी सुरु भएको छ । यी तीन जिल्लाका लागि आवश्यक खाद्यन्न, ईन्धन लगायतका सामग्रीहरु सिद्धिचरण लोकर्माग बाटै भित्रिने गर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस